
दोलखाको शैलुङ गाउँपालिकामा शनिबार आयोजित निःशूल्क स्वास्थ्य शिविरबाट पाँच सयभन्दा बढी सेवाग्राहीले उपचार पाएका छन्। शैलुङ गाउँपालिकाको वडा नम्बर ८ भैंसे स्वास्थ्य चौकीमा आयोजित स्वास्थ्य शिविरमा वडा तथा वडा वरपरका गाँउबाट सेवाग्राही उपचारका लागि आएका थिए।
एसएस फाउन्डेसनको पहलमा कुपन्डोलस्थित प्यासिफिक मल्टिस्पेशालिटी क्लिनले विरामीहरूको निःशूल्क स्वास्थ्य सेवा र औषधी उपलब्ध गराएको हो। शिविरमा डा. श्वेता ढकाल, डा. शैलेन्द्र पासवान लगाएत ११ जना स्वास्थ्यकर्मीको टोलीले सेवा प्रदान गरेको थियो ।
विशेष गरी शिविरमा स्त्रिरोग सम्बन्धि उपचार भएको थियो। जसमा तीन सय बढी महिलाले निःशूल्क स्त्रिरोगको उपचार गराएका थिए। यस्तै शिविरमा हाडजोर्नी, मानसिक, दम लगायतको रोगको पनि निःशूल्क उपचार र परामर्श प्रदान गरिएको थियो।
यस्तै शिविरमा बिरामीहरूको निःशुल्क सुगर जाँच (र्यानडम) पनि गरिएको थियो।