Logo
२०८१, २६ मंसिर बुधबार
|  Wed Dec 11 2024

राहदानी बनाउन घुस लिने र दिने दुवैजनाविरूद्ध मुद्दा दायर


राहदानी कार्यालयका तत्कालीन इन्जिनियर प्रदीप भट्टराईविरुद्ध अख्तियार दुरूपयोग अनुसन्धान आयोगले भ्रष्टाचार मुद्दा दायर गरेको छ।

भट्टराईले नियमित तरिकाले प्राप्त हुने राहदानीका लागि ३४ हजार घुस लिएको देखिएकाले उनीविरूद्ध मुद्दा दायर गरिएको आयोगले जनाएको छ। भट्टराई त्रिपुरेश्वरस्थित राहदानी कार्यालयका कम्प्युटर इन्जिनियर हुन् । आयोगले घुस लिने र दिने दुबैजनाविरुद्ध मुद्धा दायर गरेको छ ।

राहदानी बनाउन घुस दिने सुमी धामी भनिने सुमित्रा सापकोटाले भट्टराईलाई घुस लिन कसुरजन्य कार्य गर्न दुरुत्साहन दिएको पुष्टि भएको आयोगले जनाएको छ। सापकोटाविरूद्ध पनि आयोगले मुद्दा दायर गरेको छ।

उनीहरूविरूद्ध ३४ हजार विगो र भ्रष्टाचार निवारण ऐन अनुसार कारबाही माग गरेको छ।


प्रतिक्रिया दिनुहोस !
विचार