Logo
३ श्रावण २०८३, आईतवार
|  Sun Jul 19 2026

प्रचण्डसँग १० मिनेट भेट भएकै हो : प्रधानन्यायाधीश


प्रधानन्यायाधीश चोलेन्द्र शम्सेर जबराले माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसँग १० मिनेट भेटघाट भएको खुलासा गरेका छन् ।
प्राइम टेलिभिजनलाई दिएको अन्तर्वार्तामा प्रधानन्यायाधीश राणाले प्रचण्डसँग बालुवाटारमा १० मिनेट भेटघाट भएको बताएका हुन् । ‘प्रचण्डले म नजिकै छु, दशैं तिहारको शुभकामना दिन आउँछु भनेपछि १० मिनेट भेटघाट भयो । ’ राणाले भने, ‘ तर, उहाँले चिया पनि नखाई जानुभयो । ’
दशैं तिहारको शुभकामना आदानप्रदानको चलन रहेको बताउँदै राणाले कोरोनाका कारण आफू राष्ट्रपति, उप राष्ट्रपति र प्रधानमन्त्रीकोमा जान नपाएको बताए । सभामुख र राष्ट्रियसभाका अध्यक्ष आफूकहाँ शुभकामना व्यक्त गर्न आउने गरेको भएपनि यसपटक कोरोनाका कारण नआएको उनले बताए ।
प्रचण्ड शुभकामना दिन आफूकहाँ आएको प्रधानन्यायाधीश राणाले स्वीकार गरेपनि यसबारे विस्तृत तथ्य खुल्न भने बाँकी रहेको छ ।


प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु
विचार