Logo
१२ कार्तिक २०८३, बिहीबार
|  Thu Oct 29 2026

ट्राफिक प्रहरीले हस्तानान्तरण गर्‍यो हराएका २३ मोटरसाइकल सम्बन्धित सवारी धनीलाई


महानगरीय ट्राफिक प्रहरी महाशाखाले उपत्यकाका विभिन्न स्थानबाट हराएका २३ मोटरसाइकल सम्बन्धित धनीलाई हस्तान्तरण गरेको छ । आज हस्तान्तरण गरिएका २३ मध्ये १५ मोटरसाईकल र ८ स्कुटर रहेका छन । उपत्यकामा हुने सवारी साधन चोरी घटनालाई न्युनीकरण तथा नियन्त्रण गर्न ट्राफिक प्रहरीले बिशेष टोली परिचालन गरेको छ ।सवारी धनीले ट्राफिक महाशाखामा दिएको हुलिया निबेदनका आधारमा टोलीले मोटरसाईकल खोजतलास गरी सम्बन्धित धनीलाई बुझाउने गरेको छ भने चोरीमा संलग्नहरुलाई नियन्त्रणमा लिई कारबाही गर्दै आएको छ ।

महाशाखा प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक जनक भट्टराईले हराएका मोटरसाईकल खोजतलास एव चोरी नियन्त्रण गर्न हामी निरन्तर लागिपरेका बताउदै मोटरसाईकल हराउनै नदिनको लागी सबैको सहयोग र हातेमालोको खाँचो रहेको बताए । उनले सवारी धनी थप सजक एव जिम्मेवार हुनुपर्ने बताए ।

यस आर्थिक वर्षमा हराएका ३८७ मोटरसाईकल मध्ये १७१ मोटरसाईकल नियन्त्रणमा लिई १६८ वटा मोटरसाइकल सम्बन्धित धनीलाई जिम्मा लगाएको महाशाखाले जनाएको छ ।


प्रतिक्रिया दिनुहोस !
विचार