Logo
३ श्रावण २०८३, आईतवार
|  Sun Jul 19 2026

कालोपट्टी बाँधेर प्रधानन्यायाधीशको राजीनामा माग्दै नेपाल बार


प्रधानन्यायाधीश चोलेन्द्रशमशेर राणालाई पदबाट राजीनामा दिन माग गर्दै नेपाल बार एसोसिएसनले विभिन्न विरोधका कार्यक्रम गर्दै आएको छ। बारले आजदेखि सर्वोच्च अदालत परिसरमै विरोध कार्यक्रम गर्ने जनाएको छ।

बारले आजदेखि सर्वोच्च अदालत परिसरमै कालो पट्टी बाँधेर विरोध गर्ने कार्यक्रम तय गरेको छ। कार्यक्रममा सहभागी हुन बारले कानुन व्यवसायीलाई अनुरोधसमेत गरेको छ।

कानुन व्यवसायीहरुले आगामी बुधबारसम्म प्रत्येक दिन बिहान १०– ११ बजेसम्म सर्वोच्च अदालतमा कालोपट्टी बाधेर विरोध कार्यक्रम गर्ने शुक्रबारको बार बैठकले निर्णय गरेको थियो। बुधबारसम्म प्रधानन्यायाधीशलाई राजीनामा दिन नेपाल बारले आग्रह गरेको छ। सो अवधिसम्म पनि राजीनामा नदिए थप आन्दोल गर्ने बारको भनाइ छ।

प्रधानन्यायाधीश चोलेन्द्रशमशेर राणा भने सडकबाट कसैले राजीनामा माग्दैमा राजीनामा नदिने बताउँदै आएका छन् ।


प्रतिक्रिया दिनुहोस !
विचार