Logo
१९ भाद्र २०८३, शुक्रबार
|  Fri Sep 4 2026

एएफसी यू-२३ छनोटमा नेपाल र लेबनान भिड्दै, पहिलो जितको खोजीमा नेपाल


एएफसी यू–२३ एसियन कप छनोटको अन्तिम खेलमा नेपालले आज लेबनानसँग प्रतिस्पर्धा गर्दैछ। ताजकिस्तानको रिपब्लिकन सेन्ट्रल स्टेडियममा हुने नेपाल र लेबनानबीचको खेल दिउँसो पौने पाँच बजे सुरु हुनेछ।

अघिल्ला दुई खेलमा पराजय भोग्दै प्रतियोगिताबाट बाहिरिसकेका दुवै टोली नेपाल र लेबनानका लागि यस खेल प्रतिष्ठाको प्रतिस्पर्धा मात्र हुनेछ। दुवै टोली सान्त्वना जित निकाल्दै छनोटमा सुखद अन्त्य गर्न चाहन्छ। नेपाल पहिलो खेलमा इरानसँग ४–० गोल र दोस्रो खेलमा नेपाल ताजकिस्तानसँग ६–० गोल अन्तरले पराजित भएको थियो।

अंक तालिकाको पुछारमा रहेको नेपालले कुनै पनि अंक जोड्न सकेको छैन। ६ अंक जोडेको ताजकिस्तान शीर्ष स्थानमा र इरान दोस्रो स्थानमा रहेका छन्। यस समूहको शीर्ष टोलीले एएफसी उमेर समुहको एसियन कप खेल्नेछ।


प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु
विचार