
केपी ओली कप फुटबल च्यानपियनसीपको तालिका सार्वजनिक भएको छ । राष्ट्रिय युवा संघ नेपालले आयोजना गरेको अन्तर्राष्ट्रिय स्तरको केपी ओली कप फुटबल च्यानपियनसीप तालिका युवा संघले बुधबार सार्वजनिक गरेको हो ।
फागुन ११ गतेदेखि १३ गतेसम्म हुने च्यानपियनसीपमा आयोजक सहित दुईवटा अन्तर्राष्ट्रिय टिम र नेपालका ६ वटा ए डिभिजन क्बलहरू गरी ९ वटा टिमको सहभागिता रहने छ । पहिलो खेल फागुन ११ गते एन्फा फुटबल मैदान सातदोबाटोमा एपिएफ फुटबल क्लब र ब्ल्याक बुल्सबिच दिउँसो ३ बजे हुनेछ ।
च्यानपियनसीपमा मछिन्द्र फुटबल क्लब, नेपाल पुलिस क्लब, त्रिभुवन आर्मी क्लब, एपिएफ फुटबल क्लब, युरोड टिम फुटबल क्लब, केपी ओली फुटबल क्लब, संकटा फुटबल क्लब, ब्याक बुल्स फुटबल क्लब, उज्वेकिस्तान र युनाइटेड टार्सपोर्ट फुटबल क्लब, भुटानले सहभागिता जनाउने छन् ।
प्रतियोगितामा विजेताले १५ लाख ११ हजार १११ र उपविजेताले ५ लाख रुपैयाँसहित ट्रफी, प्रमाण पत्र र मेडल प्राप्त गर्नेछन् । यसैगरी सर्वोत्कृष्ट खेलाडीलाई १ लाख तथा सर्वाधिक गोलकर्ता, उत्कृष्ट गोलकिपर, उदीयमान खेलाडीलाई समान ५० हजार र प्लेयर अफ द म्याचलाई १५ हजार रुपैयाँसहित ट्रफी, प्रमाणपत्र, मेडल प्रदान गरिने राष्ट्रिय युवा संघ, नेपालका प्रवक्ता कृष्णहरि केसीले जनाएका छन् । त्यस्तै हरेक खेल विजेता टोलीलाई २५ हजार रुपैयाँ प्रदान गरिने जनाइएको छ ।
च्यानपियनसीपको तेस्रो संस्करण विविध साँस्कृतिक झाँकी सहित पुर्व राष्ट्रपति विद्यादेवी भण्डारीले फागुन ११ गते एन्फा फुटबल ग्राउण्ड सातदोवाटोमा समुदघाटन गर्नेछिन् ।
खेल तालिका