Logo
७ आश्विन २०८३, बुधबार
|  Thu Sep 24 2026

२० औँ एसियाली खेलकुदमा तेन्जिङ शेर्पाले नेपाललाई पहिलो पदक दिलाए


काठमाडौँ । जापानमा जारी २० औँ एसियाली खेलकुद प्रतियोगितामा तेन्जिङ शेर्पाले नेपाललाई पहिलो पदक दिलाएका छन् । उनको यो  पदक बीसौँ एसियाली खेलकुदको पहिलो पदक हो । यसअघि विभिन्न स्पर्धामा प्रतिस्पर्धा गरेता पनि नेपालले पदक जित्न सकेको थिएन ।

जापानको टोयाहाशी जिम्नेसियममा आज भएको कास्य पदकका भिडन्तमा नेपालका कराते खेलाडी तेन्जिङले पुरुष कुमिते ८४ केजीभन्दा माथिको तौल समूहमा नेपाललाई कास्य पदक दिलाएका हुन् ।

उनले लाओसका खेलाडी वाथाना जायासनलाई ९–१ ले पराजित गर्दै कास्य पदक जितेका हुन । त्यसअघि उनी सेमिफाइनल खेलमा इरानका खेलाडी महमुद नेमातीसँग ५–० ले पराजित भएका थिए ।


प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु
विचार