Logo
८ बैशाख २०८२, सोमबार
|  Mon Apr 21 2025

साम्बा प्रधानमन्त्री राष्ट्रिय प्रतिभा पुरस्कारबाट सम्मानित


नेपाली राष्ट्रिय महिला फुटबल टोलीकी स्टार खेलाडी सावित्रा भण्डारी (साम्बा) प्रधानमन्त्री राष्ट्रिय प्रतिभा पुरस्कारबाट सम्मानित भएकी छन् ।

शुक्रबार एक कार्यक्रमका बिच प्रधानमन्त्री केपी शर्मा ओलीले पुरस्कार प्रदान गरे । साम्बा क्लब फुटबलका लागि फ्रान्समा रहेकाले उनका बुबाले पुरस्कार ग्रहण गरेका थिए ।

साम्बा नेपाली महिला टोलीका लागि सर्वाधिक गोल गर्ने खेलाडी हुन् भने युरोपमा खेल्ने पहिलो नेपाली महिला खेलाडी पनि हुन् ।


प्रतिक्रिया दिनुहोस !
विचार