तिहारअघिको अन्तिम कारोबार दिन सेयर बजार ५ अंकले बढेको छ। नेप्से सूचक ५ अंकले बढेसँगै २८४८ विन्दुमा पुगेको छ। कारोबार रकम पनि सामान्य बढेर साढे ६ अर्ब रुपैयाँ नाघेको छ। २२९ कम्पनीको एक करोड कित्ता सेयर कारोबार ६ अर्ब ५५ करोड रुपैयाँमा किनबेच हुँदा ७४ कम्पनीको सेयर मूल्य बढेको छ। १११ कम्पनीको सेयर मूल्य घटेको छ।
महालक्ष्मी विकास बैंक, आईसीएफसी फाइानान्स र साहस ऊर्जाको सेयर मूल्य करिब १० प्रतिशत बढेको छ। छ्याङ्दी हाइड्रोपावर, श्री इन्भेष्टमेन्ट र युनिलिभर नेपालको सेयर मूल्य सर्वाधिक ४(५ प्रतिशतसम्म घटेको छ।
नबिल बैंकको एक अर्ब १७ करोड ९८ लाख रुपैयाँको सेयर किनबेच हुँदा महालक्ष्मी विकास बैंकको ३५ करोड १७ लाख, अपि पावरको २८ करोड ९१ लाख, अरुण काबेली पावरको २१ करोड ८० लाख र नेपाल पुनर्बिमा कम्पनीको १८ करोड ६३ लाख रुपैयाँको सेयर कारोबार भएको छ।





