Logo
२ श्रावण २०८३, शनिबार
|  Sat Jul 18 2026

अमेरिकी राष्ट्रपति बाइडेनले पनि दिए दिपावलीको शुभकामना


अमेरिकी राष्ट्रपति जो बाइडेनले दिपावलीको शुभकामना दिएका छन्। सन्देशमा बाइडेनले अमेरिका मात्र नभइ दिवालीको उत्सव मनाइरहेका संसारभरका सबै हिन्दु, शिख, जैन र बौद्धहरूलाई शुभकामना भनेका छन् ।

राष्ट्रपति निवास ह्वाइट हाउसमा पन्ती जील बाइडेनसँग दियो बालेको तस्वीरसहित उनले दिपावलीको शुभकामना दिएका हुन् ।

उनले शुभकामना सन्देश लेख्दै भनेका छन्,’दिवालीको प्रकाशले हामीलाई सधैँ यो स्मरण गराओस्, हरेक अन्धकारपछि ज्ञान, चेतना र सत्यको समय आउनेछ, विभाजनपछि एकता आउनेछ र दुस्खपछि आशा पलाउनेछ।’


प्रतिक्रिया दिनुहोस !
विचार