Logo
२६ श्रावण २०८३, मंगलवार
|  Tue Aug 11 2026

टेक बहादुर थपलियाको जीवन रक्षाका लागि सहयोगको याचना


धादिङको त्रिपुरासुन्दरी गाउँपालिका– ६ गोलाङ निवासी मुटु रोगी टेक बहादुर थपलियाको जीवन रक्षाका लागि सहयोगको याचना गरिएको छ ।

आर्थिक अवस्था कमजोर भएका गोलाङ निवासी ३७ वर्षीय टेकको उपचारमा समस्या भएपछि आफन्तले उनको जीवन रक्षाका लागि शुभचिन्तकसँग आर्थिक सहयोगको याचना गरेका हुन् ।

विगत तीन बर्षदेखी मुटुरोगको समस्या झेलिरहेका टेक काठमाडौं ह्याम्स अस्पतालमा उपचाररत छन्। उनको थप उपचार गर्न परिवारको आर्थिक अवस्थाले धान्न नसक्ने भएकाले सबैमा मानवीय सहयोगका लागि याचना गरिएको उनको पारिवारीक स्रोतले जनाएको छ ।

टेक बचाउका लागि उनकै नाममा नेपाल इनभेष्टमेन्ट मेगा बैंकमा खाता खोलेर आर्थिक सहयोगको अपिल गरिएको छ । आर्थिक सहयोगका लागि नेपाल इनभेष्टमेन्ट मेगा बैंक १६७०५००००३९० नम्बरको खाता सञ्चालन गरिएको जनाइएको छ ।

करिब एक दशकबदेखि मुटु रोगको समस्या झेलिरहेका टेक विगत सात बर्षदेखि उपचाररत छन् ।


प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु
विचार