Logo
२ श्रावण २०८३, शनिबार
|  Sat Jul 18 2026

यी स्थानमा हल्का वर्षा र हिमपातको सम्भावना


जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाका अनुसार आज केही प्रदेशमा हल्का वर्षा र उच्च पहाडी तथा हिमाली भेगमा हिमपातको सम्भावना रहेको छ। आइतबार बिहान पहाडी भू-भागमा आंशिकदेखि सामान्य बदली र बाँकी स्थानको मौसम सफा रहेको छ।

दिउँसो प्रदेश १ र गण्डकी प्रदेशका एकरदुई स्थानमा हल्का वर्षाको सम्भावना रहेको मौसमविद् प्रतिभा मानन्धरले जानकारी दिइन्। गण्डकी प्रदेशका उच्च पहाडी तथा हिमाली भेगमा हिमपातको सम्भावना रहेको छ। प्रदेश १ र गण्डकी प्रदेशमा राति पनि हिउँ पर्ने सम्भावना रहेको मौसमविद् मानन्धरले जानकारी दिइन्।

काठमाडौं उपत्यकासहित देशभर दिनहुँ चिसो बढ्दै गएको छ। उपत्यकाको न्यूनतम तापक्रम आइतबार बिहान १० डिग्री सेल्सियस मापन भएको महाशाखाले जनाएको छ। सबैभन्दा कम तापक्रम जुम्लामा माइनस १ दशमलब ९ डिग्री सेल्सियस मापन भएको छ।


प्रतिक्रिया दिनुहोस !
विचार