Logo
१० आश्विन २०८३, शनिबार
|  Sun Sep 27 2026

चिलाउनेमा केएमसीको स्वास्थ्य परीक्षण, ५२४ ले लिए निःशुल्क सेवा


 नेपाली कांग्रेसका नेता डा. सुनीलकुमार शर्माको काठमाडौँ मेडिकल कलेज पब्लिक लिमिटेड (केएमसी) को स्वास्थ्य टोलीले काठमाडौँको गोकणेश्वरमा निःशुल्क स्वास्थ्य शिविर गरेको छ ।

केएमसीको प्राविधिक सहयोगमा काठमाडौँको गोकणेश्वर १ चिलाउनेमा बृहत निःशुल्क स्वास्थ्य शिविर भएको हो ।

पूर्व सांसद सन्तोष चालिसेको समन्वय र श्याम अधिकारीको सहकार्यमा भएको शिविरमा ५ सय २४ जनाको परीक्षण गरेको केएमसीका प्रबन्धक एवं प्रमुख प्रशासकीय अधिकृत नारायणप्रसाद दाहालले जानकारी दिए ।

शिविरमा ७८ जनाको ल्याब परीक्षण, ६६ जनाको भिडियो एक्सरे, ५९ जनाको ईसीजी गरिएको थियो ।

३ जनाको दाँत झिकिएको थियो भने १४ जनालाई थप उपचारका लागि केएमसीमा रेफर गरिएको छ ।

डा. शर्माले सम्हालेपछि केएमसी र नोबेलले सेवा सुविधा थपेको छ भने सामाजिक उत्तरदायित्व अन्तर्गत देशका विभिन्न भागमा पुगेर निरन्तर निःशुल्क स्वास्थ्य शिविर गर्दै आएको छ ।

 


प्रतिक्रिया दिनुहोस !
विचार