Logo
४ जेष्ठ २०८३, सोमबार
|  Mon May 18 2026

बागलुङका ५८ वर्षीय कर्मु घर्ती मगर ५ दिनदेखि ललितपुरबाट सम्पर्कविहीन


ललितपुरबाट एक व्यक्ति सम्पर्कविहीन भएका छन् । बागलुङको ढोरपाटन नगरपालिका वडा नं. ८ स्थायी घर भएका ५८ वर्षीय कर्मु घर्ती मगर वैशाख २९ गते बिहानदेखि सम्पर्कविहीन भएका हुन् ।

परिवारका अनुसार घर्ती मगर ललितपुरको गोदावरी नगरपालिका वडा नं. ३ स्थित कहरी टोलबाट मंगलबार बिहान करिब ५ः३० बजेदेखि हराइरहेका छन् । उनको उचाइ करिब ५ फिट ७ इन्च रहेको, रंग गहुँगोरो रहेको तथा हराउँदा सिङ्गापुरे ज्याकेट, पाइन्ट र चप्पल लगाएको बताइएको छ ।
परिवारले दिएको जानकारीअनुसार करिब चार हप्ता अघि उनको ब्रेन ट्युमरको अपरेशन गरिएको थियो ।

उनका साइला छोरा विश्व घर्ती मगरले कसैले कतै देखेमा वा भेटेमा नजिकैको प्रहरी चौकीमा जानकारी गराइदिन आग्रह गरेका छन् ।
प्रहरी कार्यालय गोदावरीले भने उनको खोजी कार्य जारी रहेको जनाएको छ ।


प्रतिक्रिया दिनुहोस !
विचार