Logo
२ श्रावण २०८३, शनिबार
|  Sat Jul 18 2026

विराटनगर कारागारमा रहेका कैदीबन्दीबीच झडप,६ जना घाइते


विराटनगर कारागारमा  रहेका कैदीबन्दीबीच झडप भएको छ। मंगलबार १० बजे कारागारभित्र कैदीबन्दीबीच झडप भएको हो। झडपमा चौकीदार किरण गुरुङसहित ६ जना घाइते भएका छन्। घाइते हुनेमा गुरुङ, शेखर राई, निर्मल ढकाल, विशाल मुक्तान, डिल्ली देवान र सूर्यदीप गुप्ता छन्।

घाइतेलाई सामान्य चोटपटक लागेकाले उपचारका लागि कोसी अस्पताल पठाएको कारागार प्रशासनले जनाएको छ। चौकीदार गुरुङको निर्देशनमा नाइके र भाइ नाइकेले यातना दिएको भन्दै कैदीबन्दी आन्दोलित भएका हुन्।

आन्दोलित कैदीबन्दीले गुरुङसहित १४ जना नाइके र भाइ नाइकेलाई एउटा कोठामा थुनिदिएका थिए। त्यसपछि कैदीबन्दीबीच झडप भएको कारागार प्रशासनले जानकारी दिएको छ।


प्रतिक्रिया दिनुहोस !
विचार