अमेरिकी र चिनियाँ राष्ट्रपतिबीच भर्चुअल मिटिङ हुने जनाइएको छ। अमेरिकी राष्ट्रपति जो वाइडेन र चीनका राष्ट्रपति सी चिनफिङबीच आगामी सप्ताह एक भर्चुअल मिटिङको तयारी भएको हो ।व्हाइट हाउस र वाशिंगटनमा चिनियाँ दूतावासका प्रवक्ताहरुले भने सार्वजनिक भएको मितिलाई पुष्टि गर्न इन्कार गरेका छन्।
वाइडेन प्रशासनको सुरुआती दौडमा चीनका साथ भएको राजनीतिक स्तरको वार्ता सफल देखिएको छैन। साथसाथै अमेरिकी अधिकारीहरुका अनुसार बिना मध्यस्थ सिधा सीसँगको कुराकानीले विश्वका सबैभन्दा ठूला दुई अर्थव्यवस्था भएको देशबीचमा जारी संघर्षलाई रोक्न सकिन्छ।
यसअघि गत महिना ज्यूरिचमा अमेरिकी सुरक्षा सलाहकार जेक सलिवन र चीनका शीर्ष राजनीतिज्ञ यांगबीच भएको भेटमा दुई शीर्ष नेताहरुको भर्चुअल मिटिङको रुपरेखा तयार भएको बताइएको छ।
व्हाइट हाउसले यसबारे कुनै आधिकारिक धारणा दिएको छैन। तर, गत सोमबार व्हाइट हाउसका सहायक प्रेस सेक्रेटरीलाई यसबारे सोधिएको प्रश्नमा उनले दुई नेताहरुबीच वर्ष समाप्त हुनुअघि भर्चुअल बैठक हुने बताएका थिए।





