Logo
२ श्रावण २०८३, शनिबार
|  Sat Jul 18 2026

प्रधानसेनापति शर्मालाई भारतीय सेनाको मानार्थ महारथीको दर्ज्यानी चिह्न प्रदान


भारतका राष्ट्रपति रामनाथ कोविन्दबाट प्रधानसेनापति प्रभुराम शर्मालाई भारतीय स्थल सेनाको मानार्थ महारथीको दर्ज्यानी चिह्न प्रदान गरेका छन्।नयाँदिल्लीस्थित राष्ट्रपति भवनमा आज आयोजित समारोहमा प्रधानसेनापति शर्मालाई भारतीय स्थल सेनाको मानार्थ महारथीबाट सुशोभन गरिएको हो ।

नेपाल–भारतबीच एक–अर्का मुलुकका प्रधानसेनापतिलाई मानार्थ महारथीको दर्जा प्रदान गर्ने अनुपम परम्परा छ ।भारतका स्थल सेनाध्यक्ष जनरल एमएम नरवणेको औपचारिक निमन्त्रणामा उनी भारतको चार दिवसीय औपचारिक भ्रमणका लागि मङ्गलबार नयाँ दिल्ली गएका थियो ।

भ्रमणका क्रममा महारथी शर्माले विभिन्न भारतीय उच्चपदस्थ पदाधिकारीसँग भेटघाट गर्नुे छन् । महारथी शर्मा भारत भ्रमण सकेर यही कात्तिक २६ गते स्वदेश फर्कने छन् ।


प्रतिक्रिया दिनुहोस !
विचार