Logo
१२ कार्तिक २०८३, बिहीबार
|  Thu Oct 29 2026

सर्वोच्चमा भाँडभैलो, प्रहरी र अधिवक्ताबीच झडप


प्रधानन्यायाधीश चोलेन्द्र शमशेर राणाको राजीनामा माग्दै सर्वोच्च अदालतमा न्यायाधीश र अधिवक्ताहरुले इजलास बहिष्कार गर्दै आइरहेका छन्। प्रधान न्यायाधीश जबराले सरकारसहित संवैधानिक अंगहरुमा भाग खोजेको भन्दै सर्वोच्चमा दिनहुँ विरोध प्रदर्शन भइरहेको छ।

जबराले अवस्थालाई ‘सेटल’ गराउन खोजे पनि न्यायाधीश र अधिवक्ताहरु पनि उनको राजीनामाको अडान कायम राखेका छन्। यस बिच आज सर्वोच्च अदालतमा प्रहरी र अधिवक्ता बिच झडप भएपछि नेपाल बार एशोसिएसन थप आक्रमक बनेको छ।

एशोसिएसनको अगुवाइमा भइरहेको आन्दोलनका क्रममा अधिवक्ताहरु सर्वोच्च अदालतको मूल गेट प्रवेश गर्न अघि बढ्दा प्रहरीले रोकेको थियो। अधिवक्ताहरु अघि बढ्न खोज्दा प्रहरीले लाठी चार्ज गरेको र बारका पदाधिकारीसहित अधिवक्ताहरु घाइते भएको बारले जनाएको छ।

उक्त घटनापछि सर्वोच्च परिसरमा नै अधिवक्ताहरुले ‘भष्ट्र प्रधानन्यायाधीश राजीनामा दे’ भन्दै नारा लगाएका थिए। अधिवक्ताहरुले जबरालाई इंगित गर्दै ‘मतियार, विचौलिया’ समेत भन्दै नारा लगाएका थिए। प्रधानन्यायाधीशले बार अध्यक्षलाई भेट्न बोलाए पनि उनले आफू एक्लै नजाने जवाफ फर्काएको बताएका छन्। बारले सर्वोच्चको सबै इजलास बहिष्कार गर्ने र आन्दोलन नरोक्ने जनाएको छ।


प्रतिक्रिया दिनुहोस !
विचार