Logo
१९ भाद्र २०८३, शुक्रबार
|  Fri Sep 4 2026

टी–२० विश्वकपको फाइनलमा अस्ट्रेलिया र न्युजिल्यान्ड भिड्ने पक्का


यूएईमा जारी टी २० विश्वकपको फाइनलमा अस्ट्रेलियाले र न्युजिल्यान्ड उपाधिका लागि भिड्ने पक्का भएको छ। दुबई अन्तर्राष्ट्रिय रंगशालामा बिहीबार राति सम्पन्न खेलमा अस्ट्रेलियाले पाकिस्तानलाई ५ विकेटले हराउँदै फाइनलमा न्युजिल्यान्डसँगको भेट पक्का गरेको हो।

अब फाइनलमा दुई छिमेकी देशहरूले प्रतिस्पर्धा गर्नेछन्। गएरातिको खेलमा अस्ट्रेलियाको जितको नायक रहेका माथ्थिउ वाडेले १७ बलमा अविजित ४५ रन बनाएका थिए। यता टस हारेर ब्याटिङको निम्तो पाएको पाकिस्तानले पुरा ओभर खेल्दै चार विकेटको क्षतिमा १७६ रन बनाएको थियो। जवाफमा पाँच विकेट गुमाएर एक ओभर बाँकी रहँदै अस्ट्रेलियाले १७७ रनको लक्ष्य पुरा गर्‍यो।

पाकिस्तानका मोहम्मद रिवाजले ५२ बलमा ७६ रन प्रहार गरे भने फकर जमानले ३२ बलमा ५५ रन बनाए। कप्तान बाबर हजामले पनि ३९ रनको योगदान दिए। त्यसबक्रममा अस्ट्रेलियाका मिचेल स्टार्कले दुई विकेट लिँदा पट कमिन्स र एडम जम्पाले समान १–१ विकेट लिए।

जवाफी ब्याटिङमा कप्तान आरोन फिन्च गोल्डेन डगआउट भए। तर डेबड वार्नरले भने एक रनले अर्धसतक बनाउनबाट चुके। खेलमा अविजित रहेका मार्कक स्टोइनिसले ४० रन बनाउँदा माथ्थिउ वाडेले ४१ रन जोडे। वाडेले अन्तिममा विस्फोटक ब्याटिङ गरेर अस्ट्रेलियालाई जित दिलाएका थिए।

१० बलमा २० रन चाहिएको अवस्थामा वाडेले लगातार तीन छक्का हिर्काउँदै पाकिस्तानलाई हराएका हुन्। बलिङतर्फ पाकिस्तानका शाहब खानले चार विकेट लिए भने सहिन साह अफ्रिदीले एक विकेट गिराए।

अब अस्ट्रेलियाले फाइनलमा दुबई रंगशालामै न्युजिल्इान्डको सामना गर्नेछ। फाइनल खेल १४ नोभेम्बरमा हुनेछ। विश्वकपमा अहिलेसम्म अस्ट्रेलिया र न्युजिल्यान्डले उपाधि जितेका छैनन्।


प्रतिक्रिया दिनुहोस !
विचार