Logo
२ श्रावण २०८३, शनिबार
|  Sat Jul 18 2026

कानुन व्यवसायीबीच सर्वोच्चमा झडप, चोर बाटोबाट अदालत पुगे प्रधानन्यायाधीश


सर्वोच्च अदालतमा प्रधानन्यायाधीश चोलेन्द्र शमशेर राणाको राजीनामा माग गर्दै आन्दोलनरत कानुन व्यवसायी र उनको पक्षमा रहेका कानुन व्यवसायीबीच झडप भएको छ। शुक्रबार प्रधानन्यायाधीश चोलेन्द्र शम्शेर राणाको राजीनामा माग्दै उनलाई अदालत प्रवेशमा रोक लगाउन पुगेका नेपाल बार एसोसिएसनका कानुन व्यवसायी र राणा पक्षधर कानुन व्यवसायीबीच सर्वोच्च अदालत बाहिर धकेलाधेकल भएको हो।

दुई पक्षबीच झडपको अवस्था बनेपछि प्रहरीले हस्तक्षेप गरेको थियो। त्यसक्रममा प्रहरीले प्रधानन्यायाधीश राणा पक्षमा नाराबाजी र झडपमा उत्रिएका ३ महिलासहित ५ जनालाई नियन्त्रणमा लिएको छ। उनीहरुलाई प्रहरीले नियन्त्रणमा लिएपछि बारका पदाधिकारीहरु सर्वोच्च बाहिर धर्नामा बसेका छन्।

यता प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबरा अर्को बाटोबाट सर्वोच्च अदालत प्रवेश गरेका छन्। जबरालाई सर्वोच्च प्रवेशमा रोक लगाउन कानुन व्यवसायीहरू सर्वोच्चको गेटमा धर्नामा बसेपछि उनी अर्कोबाटोबाट प्रवेश गरेका हुन्। सर्वोच्च बारका अध्यक्ष पूर्णमान शाक्यले प्रधान न्यायाधीशले चोरबाटो प्रयोग गरेको आरोप लगाएका छन्।


प्रतिक्रिया दिनुहोस !
विचार