Logo
२ श्रावण २०८३, शनिबार
|  Sat Jul 18 2026

रामचन्द्र पौडेलले बोलाएको बैठक प्रकाशमानले गरे वहिस्कार


नेपाली कांग्रेसका पूर्व महामन्त्री प्रकाशमान सिंह वरिष्ठ नेता रामचन्द्र पौडेल समूहले बोलाएको बैठक वहिस्कार गरेका छन्। पौडेल समूहले आज दिउसो २ बजेका लागि बोलाएको बैठकमा आफू उपस्थित नहुने सिंहले जानकारी गराएका छन्। पार्टीको आसन्न १४ औँ महाधिवेशनमा सभापतिका आकांक्षी सिंहले यसअघि पौडेल समूहसँग लगातार छलफल गरिरहेका थिए।

तर पछिल्लो समय सिंह पौडेल समूहसँग असन्तुष्ट बनेका छन्। वरिष्ठ नेता पौडेल गठबन्धन दलको समन्वय समितिको संयोजक बनेपछि सभापति शेरबहादुर देउवाको कार्यकर्ता भएको टिप्पणी गरेका थिए। सिंहलाई उद्धृत गर्दै एक नेताले पौडेलको कुनै समूह नरहेको र देउवाको विकल्पमा आफूले कांग्रेस सुदृढीकरण अभियान चलाउने बताएको जानकारी दिए।

सिंहले पौडेल समूहमा पछिल्लो समय सामूहिक छलफल नहुने र एकलौटी हुने गरेको पनि आरोप लगाएका छन्। पार्टीको १३ औं महाधिवेशनमा पौडेल सभापति लड्दा प्रस्तावक रहेका सिंह १४ औं महाधिवेशनमा भने पौडेलको साथ छोडेर आफ्नो छुट्टै समूह बनाउने योजनामा रहेको ति नेताले बताए।

पछिल्लो समय पौडेल र सिंहका बीच दूरी बढ्दै गएको छ। आफूले सभापतिमा सघाए पनि पौडेलले अहिले सहयोग नगरेको सिंहको गुनासो छ।


प्रतिक्रिया दिनुहोस !
विचार