Logo
२ श्रावण २०८३, शनिबार
|  Sat Jul 18 2026

सर्वोच्चको मूलगेटमा आज पनि कानुन व्यवसायीको धर्ना, प्रधानन्यायाधीशलाई सर्वोच्च छिर्न नदिने


प्रधानन्यायाधीश चोलेन्द्र शमशेरको राजीनामा माग गर्दै आन्दोलनरत कानुन व्यवसायीले आज पनि सर्वोच्च अदालतको मुख्य प्रवेशद्वारमै विरोध प्रदर्शन गरिरहेका छन् । शुक्रबार प्रधानन्यायाधीश जबरालाई सर्वोच्च प्रवेशमा रोक लगाउने भन्दै कानुन व्यवसायीले प्रदर्शन गरे पनि जबरा अर्को गेटबाट भित्र प्रवेश गरेका थिए ।

नेपाल बार एशोसिएसनले आज बिहान साढे ११ बजेसम्म प्रधानन्यायाधीश जबरा प्रवेश गर्ने मुख्य प्रवेशद्वारमै धर्ना दिने भएको छ । बार एसोसिएसनका अध्यक्ष चण्डेश्वर श्रेष्ठले शुक्रबारको विरोध कार्यक्रमलाई आइतबार पनि जारी राख्ने घोषणा गरेका थिए।

सबै वकिलहरूलाई बिहान ९ बजे बै बारको प्रांगणमा भेला भएर सर्वोच्च पुगिसकेका छन् । आइतबारको आन्दोलनमा सरकारले प्रहरी परिचालन गरेर हस्तक्षेप गर्‍यो भने बार एसोसिएसन हस्तक्षेप गर्नेविरूद्ध पनि उभिने अध्यक्ष श्रेष्ठले बताए।

अध्यक्ष श्रेष्ठले आफ्नो मन्तव्य क्रममा सेवाग्राहीहरूलाई न्याय सेवाको शुद्धीकरण निम्ति प्रधानन्यायाधीशको बहिर्गमनका लागि जारी आन्दोलनमा साथ दिन आह्वान गरेका छन् ।


प्रतिक्रिया दिनुहोस !
विचार