Logo
१२ कार्तिक २०८३, बिहीबार
|  Thu Oct 29 2026

धौलागिरी क्षेत्रको मानापाथी हिमालमा भीषण हिमपहिरो, भागदौडमा ७ जना घाइते


मुस्ताङको धौलागिरी क्षेत्रको मानापाथी हिमालमा हिम पहिरो खसेको छ। जिल्ला प्रहरी कार्यालय मुस्ताङका अनुसार आइतबार धौलागिरी क्षेत्रको मानापाथी हिमालबाट हिम पहिरो खसेको हो।

जिल्लाको थासाङ गाउँपालिका-२ मा पर्ने खोला माथिको हिमाली भेगमा हिमपहिरो जाँदा कोवाङ, नाउरिकोट खोला लगायतमा बसोबास गर्ने स्थानीयको भागदौड भएको थियो।

हिमपहिरो देखेर भाग्दा नाउरिकोटमा स्थित श्री आदर्श माविका शिक्षक र विद्यार्थी गरि ९ जना घाइते भएका छन्। भागदौडका क्रममा चोटपटक लागेका उनीहरु जिल्ला अस्पतालमा उपचाररत् रहेको प्रहरी कार्यालय मुस्ताङले जानकारी दिएको छ।


प्रतिक्रिया दिनुहोस !
विचार