Logo
७ आश्विन २०८३, बुधबार
|  Wed Sep 23 2026

देवानगञ्ज घटनामा स्वास्थ्यमन्त्रीद्वारा दुःख व्यक्त,नि:शुल्क उपचार र निष्पक्ष छानबिनका लागि पहल


स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्री निशा मेहताले सुनसरीको देवानगञ्जमा भएको हिंसात्मक घटनाप्रति गम्भीर चासो व्यक्त गर्दै सबै पक्षलाई संयमता अपनाउन र सामाजिक सद्भाव कायम राख्न अपिल गरेकी छन्।

सोमबार एक वक्तव्य जारी गर्दै मन्त्री मेहताले घटनामा ज्यान गुमाएका देवानगञ्जका ओमप्रकाश मेहताप्रति भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्दै शोकसन्तप्त परिवारजनमा समवेदना व्यक्त गरेकी छन्। यस्तै, झडपमा परी घाइते भएका सर्वसाधारण तथा सुरक्षाकर्मीको शीघ्र स्वास्थ्यलाभको कामना गर्दै उनीहरूको उपचारका लागि आवश्यक समन्वय भइरहेको जानकारी दिएकी छन्।

घटनाबारे जानकारी पाउनासाथ आफूले सम्बन्धित सुरक्षा निकाय तथा जिल्ला प्रशासनसँग निरन्तर सम्पर्क गरी स्थिति नियन्त्रणमा लिन र घाइतेहरूको यथाशीघ्र उपचारको व्यवस्था मिलाउन निर्देशन दिएको उनले बताएकी छन्।


प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु
विचार