Logo
१२ कार्तिक २०८३, बिहीबार
|  Thu Oct 29 2026

रोल्पामा जीप दुर्घटना: ज्यान गुमाउनेको सङ्ख्या ४ पुग्यो


रोल्पामा आज जीप दुर्घटना हुँदा चार जनाको मृत्यु भएको छ भने २ जना गम्भीर घाइते भएका छन् । माडी गाउँपालिका–६ हान्डिङबाट घर्तीगाउँ तर्फ जाँदै गरेको रा १ ज ३८२ नम्बरको जीप घर्तीगाउँ बजार नजिकै शहीदमार्गमा दुर्घटना हुँदा ३ जनाको ज्यान घटना स्थलमै र १ जनाको उपचारका क्रममा रोल्पा अस्पताल रेउघा ल्याउदै गर्दा मृत्यु भएको रोल्पाका प्रहरी प्रमुख डीएसपी नरेशराज सुवेदीले जानकारी दिए ।

मृत्यु हुनेहरुमा माडी–६ हान्डिङका ५१ वर्षीय रुद्र पुन, ५३ वर्षीय टेकबहादु पुन, ४७ वर्षीया चौसरा विक, १८ वर्षीय लीला पुन रहेका छन् । लिलाको अस्पताल ल्याउदै गर्दा मृत्यु भएको हो ।

यस्तै घाइते हुनेहरुमा पनि सोही ठाउँका २१ वर्षीया बीना घर्ती र ६१ वर्षीया पञ्चना विक रहेका छन् । घाइतेको अवस्था पनि गम्भीर रहेको प्रहरीले जनाएको छ ।


प्रतिक्रिया दिनुहोस !
विचार