Logo
३ बैशाख २०८३, शुक्रबार
|  Fri Apr 17 2026

पछिल्लो २४ घण्टामा थप ३०६ जनामा कोरोना संक्रमण पुष्टि, ६ जनाको मृत्यु


पछिल्लो २४ घण्टामा थप ३०६ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । ८ हजार ८ जनाको पीसीआर परीक्षण गर्दा २९१ जना र १ हजार ५ सय ९८ जनाको एन्टिजेन परीक्षण गर्दा १५ जना गरी ३०६ जनामा कोरोना भाइरसको संक्रमण देखिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

यस्तै पछिल्लो २४ घण्टामा कोरोना संक्रमणबाट ६ जनाको मृत्यु भएको छ भने ३४८ जना निको भएका छन् ।  हालसम्म कोरोना भाइरसको संक्रमणबाट मृत्यु हुनेको संख्या ११ हजार ४७७ पुगेको छ।

आइतबार थपिएसँगै नेपालमा कोरोना संक्रमितको कुल संख्या ९ लाख १२ हजार ५३ पुगेको छ । योसँगै नेपाल मृत्‍यु हुनेको संख्या ११ हजार ४७७ पुगेको छ भने ७ लाख ९८ हजार २७४ जना संक्रमणमुक्त भएका छन् । यस्तै १० वर्ष मुनिका ६ बालबालिकामा कोरोना संक्रमण पुष्टि भएको छ भने ११ देखि २० वर्ष उमेर समूहका २४ जना कोरोना संक्रमित थपिएका छन् ।


प्रतिक्रिया दिनुहोस !
विचार