Logo
२ श्रावण २०८३, शनिबार
|  Sat Jul 18 2026

माओवादी केन्द्रसँग पार्टी एकताबारे विप्लवले दिए यस्तो प्रतिक्रिया


एमालेसँग पार्टी एकता गरेर दुई तिहाइको जनमत पाउँदा समेत केपी शर्मा ओलीसँग कुरा मिल्न नसकेपछि प्रचण्डले पूर्वमाओवादीहरूसँग एकताको प्रयास गरिरहेका छन्।एमालेसँगको विभाजनपछि रामबहादुर थापा बादल, लेखराज भट्टसहितका नेताहरू गुमाएपछि प्रचण्डले नेत्रविक्रम चन्द विप्लव, मोहन वैद्य किरण र बाबुराम भट्टराई लगायतसँग पार्टी एकताको पहल गरिरहेका छन्।

प्रचण्डले गरेको पार्टी एकताको प्रयासमा नेत्रविक्रम चन्द ‘विप्लव’ समूहको नेपाल कम्युनिष्ट पार्टी सकारात्मक देखिएको छ। नेकपाका महासचिव विप्लवले माओवादी केन्द्रसँग पार्टी एकता हुने संकेत देखाइरहेका छन्। सुदूरपश्चिममा अस्थायी राजधानी धनगढीमा दलित मुक्ति मोर्चाको पाँचौँ राष्ट्रिय सम्मेलनलाई सम्बोधन गर्दै शनिबार विप्लवले भने, ‘माओवादी केन्द्रसँग पार्टी एकता सम्भव छ। हामी एकता गर्ने हो। हामी निश्चित रूपमा भन्नुपर्दा एक हुने नै हो तर जनतालाई अल्मल्याउने, झुक्याउने, पैसा र पदको प्रलोभन छोडेर जनताका पक्षमा पार्टी लाग्नुपर्छ। कुर्सी कब्जा गर्नका लागि मात्र हामी एकता गर्दैनौं।’

सम्पूर्ण देशभक्त कम्युनिष्टले वैदेशिक हस्तक्षेपविरुद्ध लड्न एकजुट हुनुपर्नेमा जोड दिइरहे। केवल माओवादीसँग मात्र नभएर समग्र कम्युनिष्ट आन्दोलन र पार्टी एक हुने उनको भनाइ थियो तर पार्टी एकतापछि संसदीय अभ्यास असफल भइसकेकाले जनमतमा जानुपर्ने नेकपामा मत छ।

विप्लवले पार्टी एकता गर्न सकारात्मक देखिएपछि प्रचण्डको प्रस्तावलाई बल पुगेको छ। शुक्रबार पार्टी कार्यालय पेरिसडाँडामा विभिन्न पार्टीबाट माओवादी केन्द्रमा प्रवेश गरेका नेता तथा कार्यकर्तालाई सम्बोधन गर्दै प्रचण्डले विप्लव, मोहन वैद्य किरण र बाबुराम भट्टराईलगायतका सच्चा क्रान्तिकारीबीच छिटै एकता हुने दाबी गरेका थिए।


प्रतिक्रिया दिनुहोस !
विचार