Logo
१९ श्रावण २०८३, मंगलवार
|  Tue Aug 4 2026

‘पर्याप्त ग्यास थियो भने अहिले अभाव किन?’


 काठमाडौं । अहिले बजारमा देखिएको खाना पकाउने ग्यास (एलपी ग्यास) को चरम अभावलाई लिएर उपभोक्ता अधिकारकर्मी र ग्यास उद्योगीहरूले फरक–फरक कारण औंल्याएका छन् ।

संसदको उद्योग, वाणिज्य तथा श्रम एवम् उपभोक्ता हित समितिको मंगलबारको बैठकमा अधिकारकर्मीले नेपाल आयल निगमको अव्यवस्थालाई दोष दिएका छन् भने उद्योगीले सरकारको अदूरदर्शी नीति र प्राविधिक कठिनाइलाई मुख्य कारक मानेका छन् ।बैठकमा बोल्दै उपभोक्ता अधिकारकर्मी माधव तिमिल्सिनाले निगमले आफ्नो व्यवस्थापकीय कमजोरी ढाकछोप गर्न ‘उपभोक्ताले ग्यास थुपारेको’ भन्दै गलत आरोप लगाएको बताए ।

सांसद गङ्गादेवी श्रेष्ठले पर्याप्त मात्रामा ग्यास आयात भइरहेको दाबी गरिए पनि बजारमा अभाव किन देखिएको भन्दै सरकारसँग स्पष्टीकरण माग गरेकी छन्।उनले विगतमा १५ दिनका लागि आधा सिलिन्डर ग्यास वितरण गर्ने व्यवस्था चार महिनासम्म कायम राखिएको स्मरण गराउँदै त्यसबेला पर्याप्त ग्यास मौज्दात रहेको भनिए पनि अहिले अभाव देखिनुको कारणबारे प्रश्न उठाइन्।

यस्तै नेपाल एलपी ग्यास उद्योग संघका अध्यक्ष दिवानबहादुर चन्दले भने सरकारको नीतिका कारण बजारमा ग्यासको हाहाकार मच्चिएको दाबी गरे ।


प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु
विचार