Logo
२ श्रावण २०८३, शनिबार
|  Sat Jul 18 2026

प्रधानन्यायाधीशसँग वार्तामा नबस्ने बारको निर्णय


प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराले वार्ताका लागि नेपाल बार एसोसिएसनलाई आग्रह गर्दै विज्ञप्ती निकालेपनि बार एसोसियसनले भने वार्तामा नबस्ने जनाएको छ ।
प्रधानन्यायाधीश जबराकै कारण अदालतमा बेथिती र विकृति फस्टाएको भन्दै बारको पहिलो सर्त नै प्रधानन्यायाधीशको राजीनामा भएको बार एसोसिएसनका एक अधिकारीले जानकारी दिए ।
बारको बैठक बसिरहेका बेला प्रधानन्यायाधीश जबराको विज्ञप्ती आएको थियो । प्रधानन्यायाधीशको विज्ञप्तीपछि बारका केही पदाधिकारी वार्तामा बस्नुपर्ने पक्षमा रहेपनि बारको बैठकले भने प्रधानन्यायाधीश जबरासँग वार्तामा बस्नुको औचित्य नरहेको निर्णय गरेको थियो ।


प्रतिक्रिया दिनुहोस !
विचार