Logo
१ बैशाख २०८३, बुधबार
|  Wed Apr 15 2026

वायु प्रदूषण नियन्त्रण गर्न दिल्लीमा लकडाउन गर्न सरकार तयार


दिल्ली सरकारले वायु प्रदूषण नियन्त्रण गर्न लकडाउन लगाउन आफूहरु तयार रहेको बताएको छ। अरविन्द केजरीवाल नेतृत्वको सरकारले सर्वोच्चमा प्रदूषण नियन्त्रण गर्न आफूहरु तयार भएको र राष्ट्रिय राजधानी क्षेत्र (दिल्ली एनसीआर) पनि पनि यस्तै प्रतिबन्ध लगाउनु पर्ने बताएको हो। सर्वोच्च अदालतले केन्द्र र राज्य सरकारलाई दिल्लीमा प्रदूषण नियन्त्रण गर्न लकडाउन गर्न सुझाव दिएको थियो।

दुई दिनसम्म लकडाउन गर्ने गरि आपतकालिन योजना प्रस्तुत गर्न सर्वोच्चले भनेको थियो। मानिसको स्वास्थ्यका लागि लकडाउन आवश्यक भएकाले त्यसतर्फ सोच्न सकिन्छ भन्ने प्रश्न पनि न्यायाधिशहरुले गर्नु भएको छ ।लकडाउनलाई अदालतले तात्कालिन उपायको रुपमा मात्रै लिन आग्रह गर्दै दिर्घकालिन रुपमा समस्याको समाधान गर्ने उपाय भने अरु नै अपनाउनु पर्ने उल्लेख गरेको छ ।

अदालतले अति प्रदुषण भएकाले अहिले बालबालिकाहरुलाई घरबाहिर निस्कन दिनु वा विद्यालय आवत जावत गराउन पनि पुनर्विचार गर्नुपर्ने तर्फ ध्यानाकर्षण गराएको छ । चिकित्सकहरुले वायु प्रदुषणले बालबालिकाको स्वास्थ्यमा गम्भीर र दिर्घकालिन असर पर्ने भएकाले त्यस तर्फ विषेश ध्यान दिनुपर्नेमा जोड दिएका छन् ।


प्रतिक्रिया दिनुहोस !
विचार