Logo
२ श्रावण २०८३, शनिबार
|  Sat Jul 18 2026

प्रधानन्यायाधीश जबरासँग वार्ता नगर्ने नेपाल बारको अडान


नेपाल बार एसोसिएसनले प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबरासँगको वार्ता नगर्ने भएको छ। प्रधानन्यायाधीश जबराले आन्दोलनरत कानुन व्यवसायीलाई वार्ताका लागि आह्वान गरेपछि बारले वार्ताबाट न्यायालयको विकृति सुधार नहुने जवाफ फर्काएको हो।

प्रधानन्यायाधीशको अह्वानपछि बारको जारी विरोधसभालाई सम्बोधन गर्दै नेपाल बारका अध्यक्ष चण्डेश्वर श्रेष्ठले भने, ‘प्रधानन्यायाधीशज्यू, तपाईंको विज्ञप्ति हामीले पढ्यौँ, तपाईंसँग वार्ता गरेर न्यायालयको विकृति सुधार हुन सक्दैन। त्यसैले तपाईले आजै राजीनामा दिनुहोस्।’

प्रधानन्यायाधीशले बार एसोसिएसनका पदाधिकारी र कानुन व्यवसायीलाई विग्रहको बाटो छोडेर संवादको मार्ग रोज्न आग्रह गरेका थिए। आफूमाथि एकपक्षीय ढंगले निरन्तर रूपमा तथ्यहीन, भ्रमपूर्ण र अनर्गल आरोप लगाइएको भन्दै दुःख व्यक्तसमेत गरेका थिए।

सरकार विस्तारमा भाग खोजेको र न्यायालय सुधारमा चासो नदिएको भन्दै कानुन व्यवसायीहरू अहिले प्रधानन्यायाधीश जबराको राजीनामा माग गर्दै आन्दोलनमा छन्।


प्रतिक्रिया दिनुहोस !
विचार