Logo
३ बैशाख २०८३, शुक्रबार
|  Fri Apr 17 2026

पछिल्लो २४ घण्टामा थप ४१६ जनामा कोरोना संक्रमण पुष्टि, १ जनाको मृत्यु


पछिल्लो २४ घण्टामा  १२ हजार ४०२ जनामा नमुना परीक्षण गर्दा ४१६ जनामा कोरोनाभाइरस संक्रमण पुष्टि भएको छ । सोही अवधिमा २७० जना निको भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । यस्तै २४ घण्टाको अवधिमा १ जनाले ज्यान गुमाएका छन् । यससँगै देशभर कोरोनाबाट मृत्यु हुनेको कुल संख्या ११ हजार ४४८ पुगेको छ ।

यसैगरी हालसम्म पीसीआर विधिबाट भएको परीक्षणमा ८ लाख १७ हजार ३३३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ भने एन्टिजेन विधिबाट भएको परीक्षणमा ९५ हजार १३६ जनामा संक्रमण पुष्टि भएको छ । हालसम्म कुल संक्रमितमध्ये ७ लाख ९८ हजार ५४४ जना निको भएका छन् । हाल देशभर ७ हजार ३११ जना सक्रिय संक्रमित रहेका छन् ।

यस्तै १० वर्ष मुनिका १४ बालबालिकामा कोरोना संक्रमण पुष्टि भएको छ भने ११ देखि २० वर्ष उमेर समूहका २५ जना कोरोना संक्रमित थपिएका छन् ।


प्रतिक्रिया दिनुहोस !
विचार