Logo
२ श्रावण २०८३, शनिबार
|  Sat Jul 18 2026

भोलि मूल्य वृद्धिविरुद्ध विप्लव नेकपाको नेपाल बन्द, प्रचारस्वरुप निकाल्यो मसाल जुलुस


पेट्रोलियम पदार्थलगायत दैनिक उपभोग्य सामानमा भएको मूल्य वृद्धिविरुद्ध नेत्रविक्रम चन्द विप्लवले नेतृत्व गरेको नेकपाले मंगलबार नेपाल बन्द गर्ने भएको छ । सो पार्टीका इन्चार्ज प्रज्वलनले सोमबार साँझ विज्ञप्ति जारी गर्दै इन्धनलगायत दैनिक उपभोग्य सामानको मूल्य वृद्धि खारेजीका लागि सरकारलाई चौतर्फी दबाब दिनुपर्ने बताएका छन् ।

उनले बन्द रहर नभई बाध्यता भएको भन्दै यो सरकारलाई चौतर्फी दबाब दिन बन्दलाई सहयोग गर्नसमेत आह्वान गरेका छन् । पार्टीका कार्यकर्ताले बन्दको पूर्वसन्ध्यामा मसाल जुलुस निकालेका छन् ।

कात्तिक २५ देखि चरणबद्ध आन्दोलनको घोषणा गरेको विप्लव नेकपाका कार्यकर्ताले काठमाडौं उपत्यकालगायत देशका विभिन्न ठाउँमा मसाल जुलुस निकालेका हुन् । मूल्यवृद्धिबाट उपभोक्ता मारमा पर्ने भन्दै नेकपाले जनसरोकारको विषयमा मुकदर्शक भएर हेरिरहन नसक्ने भन्दै विप्लव नेकपाले विरोध गरेको छ । उसले मुल्यवृद्धि फिर्ता लिन पनि आग्रह गरेको छ ।


प्रतिक्रिया दिनुहोस !
विचार