Logo
२ श्रावण २०८३, शनिबार
|  Sat Jul 18 2026

प्रदेश १ को प्रदेशसभा बैठक आज, मुख्यमन्त्री राईले विश्वासको मत लिने


प्रदेश १ का मुख्यमन्त्री राजेन्द्र राईले आज विश्वासको मत लिने भएका छन् । आज बस्ने प्रदेशसभा बैठकमा उनले विश्वासको मत लिन लागेका हुन् । राईको नेतृत्वमा कात्तिक १६ मा नयाँ सरकार गठन भएको थियो ।

तत्कालीन मुख्यमन्त्री भीम आचार्यले पदबाट राजीनामा दिएपछि पाँच दलीय गठबन्धनको समर्थनमा नेकपा एकीकृत समाजवादीका नेता राई मुख्यमन्त्रीमा नियुक्त भएका थिए । गठबन्धनका दलहरुले मुख्यमन्त्री राईलाई विश्वासको मत दिन सांसलाई ‘ह्वीप’ नै लगाएका छन् ।

९३ सदस्य रहेको प्रदेशसभामा पाँच दलीय सत्ता गठबन्धनमा ५० सांसद छन् । राईलाई बहुमतका लागि ४७ मत आवश्यक पर्छ । प्रमुख प्रतिपक्षी दल नेकपा एमालेसँग ४० र राप्रपासँग एक सांसद छन् ।


प्रतिक्रिया दिनुहोस !
विचार