Logo
१२ कार्तिक २०८३, बिहीबार
|  Thu Oct 29 2026

सोह्रखुट्टेमा प्रहरी र बन्दकर्ताबीच झडप


इन्धनको मूल्य वृद्धिको विरोधमा नेत्रविक्रम चन्द नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीले आज नेपाल बन्द आह्वान गरेको छ। काठमाडौं उपत्यकामा बन्दको सामान्य प्रभाव परेको छ। सार्वजनिक यातायात भने थोरै संख्यामा चलेका छन्।

यसबिच, विप्लव कार्यकर्ता र प्रहरीबिच काठमाडौंको सोह्रखुट्टेमा झडप भएको छ। गाडी रोक्दै टायर बाले सडक अवरुद्ध गर्दै हिँडेका बन्दकर्तालाई प्रहरीले रोक्न खोज्दा झडप भएको थियो। प्रहरीले केही बन्दकर्तालाई नियन्त्रणमा लिएको छ।

बिहानको समयमा सडकमा कम सवारीसाधन देखिए पनि अहिले भने काठमाडौंमा सवारीको चाप बढ्दै गइरहेको छ । सडकमा अप्रिय घटना हुन नदिन सरकारले चोक–चोकमा सुरक्षाकर्मी तैनाथ गरेको छ ।


प्रतिक्रिया दिनुहोस !
विचार