Logo
२ श्रावण २०८३, शनिबार
|  Sat Jul 18 2026

प्रदेश १ को प्रदेशसभा बैठक स्थगित, सभामुखलाई मुख्यमन्त्रीको यस्तो आरोप


नेकपा एमालेका सांसद उपस्थित नभएपछि प्रदेश १ को प्रदेशसभा बैठक स्थगित गरिएको छ । सभामुख प्रदीपकुमार भण्डारीले तोकिएको समयभन्दा दुईघण्टा ढिलोगरी बैठक सुरु गर्दै बुधबार साढे ११ बजेसम्मका लागि बैठक स्थगित गरेका हुन् ।

यसअघि प्रमुख प्रतिपक्ष नेकपा एमालेले मंगलबार बस्ने भनिएको प्रदेशसभा बैठक स्थगित गर्न माग गरेको थियो । कार्यव्यवस्था परामर्श समितिको बैठकमा एमालेका प्रमुख सचेतक बुद्धिकुमार राजभण्डारीले प्रदेशसभा बैठक स्थगित गर्न माग गरेका थिए ।

बैठक स्थगित भएपछि मुख्यमन्त्री राजेन्द्र राईले सभामुखको भूमिकामा प्रश्न उठाए । उनले सभामुखले एमालेको कार्यकर्ताको जस्तो भूमिका निर्वाह गरेको आरोप लगाए । अब मुख्यमन्त्री राजेन्द्र राईले भोलि नै विश्वासको मत लिने भएका छन् ।


प्रतिक्रिया दिनुहोस !
विचार