प्रदेश २ का मुख्यमन्त्री लालबाबु राउतले उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्री रामनरेश राय यादवलाई बर्खास्त गरेका छन् प्रदेश सरकारका प्रवक्तासमेत रहेका अर्थमन्त्री शैलेन्द्र साहले यादवलाई बर्खास्त गरेको पत्र पत्र प्रदेश प्रमुखको कार्यालयमा पठाइसकिएको जानकारी दिए।
यादवले सम्हालिरहेको मन्त्रालय नेकपा एकीकृत समाजवादीलाई दिन मुख्यमन्त्री राउतले जनता समाजवादी पार्टीका नेतासमेत रहेका यादवलाई बर्खास्त गरेको बुझिएको छ।
यसअघि मंगलबार मन्त्री यादवलाई राजीनामा दिन आग्रह गरेको तर नदिएपछि पदमुक्त गरेको अर्थमन्त्री साहले जानकारी दिए ।





