प्रधानन्यायाधीशको राजीनामाको माग गर्दै निरन्तर बेञ्च बहिष्कारमा उत्रिएका न्यायाधीशहरुबीच फाटो आएको छ । सर्वोच्च अदालतमा प्रधानन्यायाधीशीलाई संकटमा पार्नेगरी एकत्रित भएका न्यायाधीशहरु मध्ये चार न्यायाधीश आफ्नो बेञ्चमा फर्किएपछि न्यायाधीशहरुबीच फाटो आएको बुझिएको हो ।
प्रधानन्यायाधीशले तोकेको इजलाशमा यसअघि बस्न इन्कार गरेका न्यायाधीशहरु कुमार रेग्मी, बमकुमार श्रेष्ठ, मनोजकुमार शर्मा र तेजबहादुर केसी काममा फर्किएपछि न्यायाधीशहरुको आन्दोलनमा विभाजन आएको हो ।
बाँकी न्यायाधीशहरुका बीचमा पनि बेञ्चमा फर्कने या नफर्कने भन्ने विषयमा एकमत भने नरहेको बुझिएको छ । अन्य न्यायाधीशका बीचमा पनि विभाजन आउँन सक्ने काममा फर्किएका मध्येका एक न्यायाधीशले जानकारी दिए ।





