Logo
२ श्रावण २०८३, शनिबार
|  Sat Jul 18 2026

मुख्यमन्त्री राईले आज विश्वासको मत लिँदै


प्रदेश नम्बर-१ का मुख्यमन्त्री राजेन्द्र राईले आज प्रदेशसभा बैठकमा विश्वासको मत लिँदै छन्। हिजै विश्वासको मत लिने तयारी भएपनि प्रमुख प्रतिपक्षी दलका सांसद उपस्थित नभएपछि बैठक स्थगित भएको थियो।

आज बिहान ११ बजे प्रदेशसभा बैठक बोलाइएको छ। पाँच दलीय गठबन्धनको समर्थनमा यहि कात्तिक १६ गते मुख्यमन्त्री नियुक्त भएका राईले विश्वासको मतका लागि आइतबार प्रदेशसभामा प्रस्ताव दर्ता गराएका थिए।

पाँच दलीय गठबन्धनमा ५० सांसद रहेकाले मुख्यमन्त्री राईले विश्वासको मत प्राप्त गर्न सहज छ। ९२ जना प्रदेशसभा सदस्य रहेको प्रदेशसभामा विश्वासको मत पाउन ४६ सांसद आवश्यक हुन्छ।

राई एकीकृत समाजवादीबाट मुख्यमन्त्री बन्ने दोस्रो नेता हुने । सोही पार्टीबाट बागमती प्रदेशमा राजेन्द्र पाण्डेले विश्वासको मत पाइसकेका छन् ।


प्रतिक्रिया दिनुहोस !
विचार