Logo
२ श्रावण २०८३, शनिबार
|  Sat Jul 18 2026

कर्मचारीलाई नांगै घुमाउने सिके राउतका कार्यकर्ता रिहा


गत कार्तिक ४ गते जनकपुर स्थित खानेपानी कार्यलयका प्रमुख राजेश्वर कुशवाहालाई दुव्र्यवहार गरेको आरोपमा पक्राउ परेका सिके राउतका १७ कार्यकर्ता रिहा भएका छन् । जनमत पार्टीका १७ जना कार्यकर्तालाई बुधवार धरौटीमा रिहा गरिएको हो ।
प्रहरी कार्यालय धनुषाका अनुुसार पक्राउ परेका १७ जना मध्ये ७ जना एक–एक लाख र बाँकी १० जना पचास–पचास हजार रुपैंयाँमा रिहा भएका हुन् ।
खानेपानी प्रमुख कुशवाहाले आफूमाथि अभद्र व्यवहार गर्ने १७ जनालाई आपराधिक अभद्र तथा अमानवीय व्यवहारमा मुद्दा जाहेरी गरेका थिए । जसमा जनमत पार्टी केन्द्रीय सदस्य बिरेन्द्र महतो, धनुषा अध्यक्ष ओमविक्रम कुशवाहा, सर्लाहीका सदस्य दुर्याेधन यादव, पे्रमकिशोर यादव, विद्यार्थी जनमत संघका अध्यक्ष विजय यादव सहित १७ जनालाइ मुद्दा चलाइएको थियो ।
जनकपुर खानेपानी कार्यालयका प्रमुख राजेश्वर कुशवाहालाई सिके राउतका कार्यकर्ताले मंसिर ४ मा नांगै पारी शरीरमा हिलो दलेर नगर परिक्रमा गराएका थिए ।


प्रतिक्रिया दिनुहोस !
विचार