Logo
२ श्रावण २०८३, शनिबार
|  Sat Jul 18 2026

सर्वोच्च अदालतको समस्या केही दिनमै समाधान हुन्छ : प्रचण्ड


नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले सर्वोच्च अदालतमा विवाद केही दिनमै समाधान हुने विस्वास व्यक्तल गरेका छन्। बुधबार जनकपुर विमानस्थलमा स्थानीय सञ्चारकर्मीहरुले राखेका जिज्ञासाको जवाफ दिने क्रममा अध्यक्ष दाहालले अदालतभित्र देखिएको समस्या त्यहीँभित्रबाट सुल्झियोस् भन्‍ने आफूहरूको चाहना भएको उनको भनाइ छ।

हिजो बसेको सत्तारुढ पाँच दलीय गठबन्धन समन्वय समितिले सन्तुलित बक्तव्य जारी गरेको उल्लेख गर्दै अब त्यो विषयमा बढी बोलिराख्नु आवश्यक नभएको प्रतिक्रियासमेत दिए। सत्तारुढ पाँच दलीय गठबन्धन समन्वय समितिको मंगलबार ९हिजो० बसेको बैठकले अदालतमा देखिएको समस्या अदालतभित्रैबाट छिटो समाधानहोस् भन्ने चाहेको बताएको थियो।

अध्यक्ष दाहालले अदालतमा देखिएका समस्याबारे सत्तारुढ गठबन्धनको सोही धारणा रहेको स्मरण गराउँदै त्यसलाई समाधान गर्न सबै पक्षले आ–आफ्नो ठाउँबाट पहल गर्ने अपेक्षा गरिएको बताए। अध्यक्ष दाहालले आगामी निर्वाचनमा समेत अहिले बनेको गठबन्धन मिलेर नै जाने बताउँदै हिजोको गठबन्धनको निर्णय समेत भएकोले आफुहरु त्यही अनुसार अगाडि बढनेमा प्रतिवद्ध रहेको बताए ।


प्रतिक्रिया दिनुहोस !
विचार