Logo
२ श्रावण २०८३, शनिबार
|  Sat Jul 18 2026

प्रदेश १ का मुख्यमन्त्री राईले पाए विश्‍वासको मत


प्रदेश १ का मुख्यमन्त्री राजेन्द्र राईले विश्वासको मत प्राप्त गरेका छन्। प्रदेश सभामा बुधबार भएको मतदानमा उनको पक्षमा बहुमत पुगेको हो। बुधबार बैठक सुरु भएपछि संविधानको धारा १६८ को उपधारा ४ बमोजिम विश्वासको मत माग्दै मुख्यमन्त्री राईले प्रस्ताव टेबुल गरेका थिए। उनको प्रस्तावमा सभामुख प्रदीपकुमार भण्डारीले मत विभाजन गराउँदा राईले विश्वासको मत प्राप्त गरेका हुन्।

सांसदले नामसहितको दस्तखत गराएर गरिएको मत विभाजनअनुसार राईको पक्षमा ५० सांसदले मत दिएका छन्। यसैगरी उनलाई विश्वास छैन भन्नेतर्फ २९ मत परेको छ।राई २०७८ कात्तिक १६ गते पाँच दलीय गठबन्धनको तर्फबाट मुख्यमन्त्री नियुक्त भई पाँच सदस्यीय मन्त्रिपरिषद् गठन भएको थियो। गठबन्धन दलमा कांग्रेस, नेकपा माओवादी केन्द्र, नेकपा (एस), जसपा र संघीय लोकतान्त्रिक राष्ट्रिय मन्च छन्।

विश्वसको मतका लागि एमालेका सांसद बाहेक अन्य दलका सांसदले राईको पक्षमा मतदान गरेका थिए ।


प्रतिक्रिया दिनुहोस !
विचार