प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबरालाई मंसिर ३ गते भित्र राजिनामा दिन बार एसोसिएसनले अल्टिमेटम दिएको छ ।
नेपाल बार एसोसिएसनका अध्यक्ष चण्डेश्वर श्रेष्टले बार परिसरमा बोल्दै प्रधानन्यायाधीशले राजिनामा नदिए देशभरका उच्च अदालतमा अझ ठुलो विद्रोह गर्ने चेतावनी दिएका छन् ।
जबरासँग व्यक्तिगत कारण नभई उनको भ्रष्टाचारपूर्ण प्रवृत्तिका कारण राजीनामा मागेको श्रेष्ठको भनाई छ । तर, श्रेष्ठले ३ दिनभित्र पनि राजीनामा नदिए के गर्ने भन्ने विषयमा भने केही पनि खुलाएनन् ।





