Logo
३ बैशाख २०८३, शुक्रबार
|  Fri Apr 17 2026

पछिल्लो २४ घण्टामा थप ४१२ जनामा कोरोना संक्रमण पुष्टि, १ जनाको मृत्यु


पछिल्लो २४ घण्टामा थप ४१२ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । कुल ११ हजार ९९३ जनामा भएको परीक्षणमा ४१२ जनामा संक्रमण पुष्टि भएको हो ।यस्तै पछिल्लो २४ घण्टामा २०२ जना कोरोनाभाइरस संक्रमणमुक्त भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

मन्त्रालयका अनुसार यससँगै देशभर कोरोना संक्रमितको कुल संख्या पीसीआर विधिबाट भएको परीक्षणमा ८ लाख १८ हजार ३५ जना पुगेको छ भने एन्टिजेन विधिबाट भएको परीक्षणमा ९५ हजार २२३ जना पुगेको छ । संक्रमितमध्ये हालसम्म ७ लाख ९८ हजार ९१६ पुगेको छ ।

यसैगरी पछिल्लो २४ घण्टामा थप एक जना संक्रमितको मुत्यु भएको छ भने यससँगै मृतकको कुल संख्या ११ हजार ४८३ जना पुगेको छ ।


प्रतिक्रिया दिनुहोस !
विचार