अर्जेन्टिनी फरवार्ड लियोनेल मेस्सीले गोल ५० को अवार्ड जितेका छन् । क्रिस्टियानो रोनाल्डोलाई पछि पार्दै मेस्सीले गोल डटकमले प्रदान गर्ने २०२१ को अवार्ड जितेका हुन् ।
भोटिङको अन्तिम दिनसम्म रोनाल्डो अघि रहेपनि २४ घण्टाको नतिजामा मेस्सीले थोरै मत अन्तरले रोनाल्डोलाई पछि पारेका हुन् । जितसँगै मेस्सीले रोनाल्डोको कीर्तिमानलाई बराबरी पनि गरेका छन् ।
रोनाल्डो र मेस्सीले समान ५–५ पटक यो अवार्ड जितेका छन् । मेस्सीले यस वर्ष अर्जेन्टिनालाई कोपा अमेरिकाको उपाधि दिलाएका थिए ।





