Logo
१ श्रावण २०८३, शुक्रबार
|  Sat Jul 18 2026

प्रधानन्यायाधीशले बोलाए फुलकोर्ट, बारको धर्नामा प्रहरीको बल प्रयोग


प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराले सर्वोच्च अदालतका न्यायाधीशहरूको पूर्ण बैठक (फुलकोर्ट) बोलाएका छन् । आज दिउँसो २ बजे बस्नेगरि फुलकोर्ट बोलाइएको हो । बैठकमा प्रधानन्यायाधीशसहित २० जना बस्ने छन् ।

यसअघि बुधबार सर्वोच्च अदालतका आन्दोलनरत १४ न्यायाधीशहरूले फुलकोर्ट बोलाउने सहमति गरेका थिए । यता जबराको राजीनामा माग्दै नेपाल बार एसोसिएसनले आज पनि सर्वोच्च परिसरमा धर्ना दिइरहेको छ ।

जबराको राजीनामा माग्दै आन्दोलनमा उत्रेका कानुन व्यवसायीमाथि प्रहरीले बल प्रयोग गरेको छ । प्रहरीले हातपात गरेपछि नेपाल बार एसोसिएसनका अध्यक्ष चण्डेश्वर श्रेष्ठसहित केही कानुन व्यवसायीहरू घाइते भएका छन् ।


प्रतिक्रिया दिनुहोस !
विचार