Logo
१ श्रावण २०८३, शुक्रबार
|  Sat Jul 18 2026

सर्वोच्चमा प्रहरी र कानून व्यवसायीबीच झडप, बार अध्यक्षसहित केही घाइते


प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराको राजीनामा माग गर्दै आन्दोलनमा उत्रिएका कानुन व्यवसायीमाथि प्रहरीले बल प्रयोग गरेको छ।

सर्वोच्च अदालत परिसरमा बारले दिएको धर्नामा प्रहरीको बल प्रयोगबाट बार अध्यक्ष चण्डेश्वर श्रेष्ठ, कपिल पोखरेल, रमण कर्ण, युवराज भण्डारी, गोपाल सापकोटा, ऋषिराम घिमिरे, प्रकाश महर्जन घाइतेसहितका कानुन व्यवसायी घाइते भएका हुन्।

प्रहरीको घेरा तोड्न खोजेपछि कानुन व्यवसायीहरूमाथि प्रहरीले बल प्रयोग गरेको थियो। धकेलाधकेल हुँदा सर्वोच्च बारका सचिव ऋषिराम घिमिरे, वरिष्ठ अधिवक्ता सविता भण्डारीलगायत भुइँमा लडेका थिए। यस्तै एकजना डिएसपीको हातमा चोट लागेको छ।

 


प्रतिक्रिया दिनुहोस !
विचार