Logo
१ श्रावण २०८३, शुक्रबार
|  Sat Jul 18 2026

नेपाल बार एसोसिएसनले बोलायो आकस्मिक पत्रकार सम्मेलन


नेपाल बार एसोसिएसनले आकस्मिक पत्रकार सम्मेलन गर्दै छ । आज  दिउँसो ३ बजे आकस्मिक पत्रकार सम्मेलन आयोजना गर्न लागेको बारले जानकारी दिएको हो ।

प्रधानन्यायाधीश चोलेन्द्र समशेर राणाको राजीनामा माग गर्दै बार आन्दोलनरत छ । आज बिहान सर्वोच्च अदालत परिसरमा प्रहरीको लाठी प्रहारबाट नेपाल बारका अध्यक्ष चण्डेश्वर श्रेष्ठ, केन्द्रीय सदस्य प्रकाश महर्जनलगायत कानुन एक दर्जनभन्दा बढी कानुन व्यवसायी घाइते भएका छन् ।

प्रहरीको ज्यादतीविरूद्ध पत्रकार सम्मेलन गरिएको बार स्रोतले जनाएको छ ।


प्रतिक्रिया दिनुहोस !
विचार