Logo
१२ कार्तिक २०८३, बिहीबार
|  Thu Oct 29 2026

सशस्त्र प्रहरी नायब निरीक्षकको मोटरसाइकल दुर्घटनामा मृत्यु


कोशी राजमार्गअन्तर्गत सुनसरीको इटहरी र धरानको बीचमा पर्ने सेउती खोलामा मोटरसाइकल दुर्घटना हुँदा गएराति एक सशस्त्र प्रहरी नायब निरीक्षकको मृत्यु भएको छ।

दूधकोशी गाउँपालिका– १ घर भएका बस्नेतको मृत्यु भएको प्रदेश–१ स्थित ट्राफिक प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक सुमन तिम्सिनाले जानकारी दिए ।

दक्षिणतर्फ जाँदै गरेको को १ व २४३८ नं को मोटरसाइकल अनियन्त्रित भएर दुर्घटना हुँदा सख्त घाइते बस्नेतको उपचारका क्रममा धरानस्थित बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा मृत्यु भएको उनले जानकारी दिए ।


प्रतिक्रिया दिनुहोस !
विचार